कांग्रेसले आइतबार बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

सहयात्रा टिभी

काठमाडौं । कातिक १८, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । जाजरकोट भूकम्पलगायतका समसामयिक विषयमा छलफल गर्न उनले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

बैठक देउवाको निवास धुम्बाराहीमा बस्ने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरु रहेका छन् ।

प्रकाशित : 4 November, 2023

प्रतिक्रिया दिनुहोस्