अब ३ दिनभित्र राहत र भौगोलिक अध्ययन गरेर बस्ती निर्माण गर्ने: प्रचण्ड

सहयात्रा टिभी

काठमाडौँ । कातिक १९, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भुकम्पपछिको उद्धारको काम सकिएको बताएका छन् ।

अब राहत र पुनर्स्थापनाको काम गर्न समय तालिका बनाएर काम गर्ने सोच रहेको उल्लेख गरेका छन् ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पले जाजरकोट र रुकुम पश्चिममा १५७ जनाको मृत्यु भएको छ भने धेरै घरहरु पनि भत्केका छन् ।

आइतबार जाजरकोट भूकम्पको क्षति र सरकारले चाल्नुपर्ने कदमबारे छलफल गर्न बोलाइएको विपद् व्यवस्थापन जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १३ औं बैठकमा प्रधानमन्त्री प्रचण्डले विपदपछिको उद्दार, राहत र पुनर्निर्माणका लागि समय तालिका बनाएर काम गर्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डका अनुसार अबको तीन दिन राहतका निम्ति अधिकतम राम्रो गर्न पहल गरिनेछ । राहतको काम प्रभावकारी बनाएपछि पुनर्स्थापना प्रभावकारी बनाउन आवश्यक रहेको भन्दै उनले त्यसका लागि आवश्यक कानुन बनाउने र संरचना सुधार गर्ने बताएका छन् ।

 

 

प्रकाशित : 5 November, 2023

प्रतिक्रिया दिनुहोस्