केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इटालियन युवतीको बिरालो बन्नेअनौठो शोख

सहयात्रा टिभी

काठमाडौँ । कातिक १९, एजेन्सी-  केही हप्ताअघि चीनमा एकजना मानिसले आफ्नो शरीरलाई परिवर्तन गरी कुकुरजस्तै बनाएको समाचार सार्वजनिक भएको थियो ।

अहिले फेरि इटालीको रोममा बस्ने एक युवती चर्चामा छिन् । ती २२ वर्षीया युवतीले चाहिं करोडौं खर्च गरेर आफ्नो अनुहारलाई ठ्याक्कै बिरालोजस्तै बनाएकी छिन् ।

कियारा डेल एबेट नामकी ती युवतीले बिरालोजस्तै बन्नका लागि अनुहारमा २० वटा परिवर्तन गराएकी छिन् ।

एबेटको सानैदेखिको सपना बिरालो जस्तै बन्ने थियो । सोही शोखलाई पूरा गर्नका लागि उनले आफ्नो अनुहार यसरी परिवर्तन गराएकी हुन् । उनले ११ वर्षको उमेरदेखि नै सरीरमा यस्तो बदलाव सुरु गरेकी थिइन् । ११ वर्षको हुँदा नै उनले पहिलोपटक पियरसिङ र स्ट्रेचिङ गराएकी थिइन् ।

त्यसको पाँच वर्षमा उनले सरीरमा ७२ पटक पियरसिङ गराइन् । उनले आफ्नो जिब्रोको अगाडिको भागलाई चिरेर दुई हाँगा बनाएकी छिन् । टाउकोमा पनि मोडिफाइ गरेर दुईवटा सिङ निकालेकी छिन्, जुन बिरालेको कानजस्तै देखिन्छ । यसका साथै उनको टाउको तथा नाकमा पनि धेरै वटा पियरसिङ छन् ।

परेलाको मुनिबाट अतिरिक्त बोसो तथा छाला निकाल्नका लागि कस्मेटिक सर्जरी गरेकी छिन् उनले । उनले आफ्ना दुवै आँखामा पनि टाटु बनाएकी छिन् ।

न्युयोर्क पोस्टका अनुसार कियारा आफ्नो बिरालोरुपी अनुहारसँग एकदम खुसी छिन् ।  यसमा उनलाई कुनै पनि समस्या छैन ।

आफूलाई सदैव बिरालो निकै मन पर्ने र शारीरिक बदलावबाट क्याट लेडी बन्न सक्छु भन्ने हिम्मत पनि भएकाले त्यसरी परिवर्तन भएको बताउँछिन् ।

पूर्ण रुपमा बिरालोजस्तै देखिनका लागि आफूले क्याट आई लिफ्ट अर्थात् क्याथोप्लास्टी गर्न, लामो तथा बदाम जस्तै आँखा बनाउनका लागि सर्जरी गर्नुका साथै दाँतको आकृति बदल्न र ओठसमेत सर्जरी गर्न आवश्यक रहेको उनको भनाई छ ।

 

 

प्रकाशित : 5 November, 2023

प्रतिक्रिया दिनुहोस्