अछाममा भालुको आक्रमणबाट बालिका घाइते
सहयात्रा टिभी
अछाम । कातिक २०, भालुको आक्रमणबाट अछाममा एक बालिका घाइते भएकी छिन् । जिल्लाको ढकारी गाउँपालिका–३ अनारीगाउँकी १५ वर्षीया दिलकुमारी बुढालाई आइतबार भालुले आक्रमण गरेर घाइते बनाएको हो ।

घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा बालिकालाई भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनलाई थप उपचारका लागि धनगढी पठाइएको छ ।


