नेप्से आज दोहोरो अङ्कले बढ्यो
सहयात्रा टिभी
काठमाडौँ । कातिक २०, शेयर बजार आज सोमवार दोहोरो अङ्कले बढेको छ ।
हिजो आइतवार साढे २१ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ३० अङ्कले बढेर एक हजार आठ सय ४७ दशमलव ५४ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर उकालो लागेको छ । सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट नेपालको शेयर १० प्रतिशत र सिद्धार्थ प्रिमियर इन्सुरेन्सको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।
आज ३५ लाख ५५ हजार कित्ता शेयर ९३ करोड ८९ लाख रुपैयाँमा कारोबार भएका छन् ।