कोशीमा उद्धव थापाको राजीनामा अस्वीकृत भएपछि जिम्मेवारीमा फर्किए

काठमाडौँ । कातिक २०, नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको संसदीय दलको बैठकले उनले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो । दलको निर्णयपछि थापा पुरानै जिम्मेवारीमा फर्किएका छन् ।
संसदीय दलको बैठकमा मुख्यमन्त्री केदार कार्कीले पनि थापालाई राजीनामा फिर्ता लिएर जिम्मेवारीमा फर्कन आग्रह गरेका थिए । दलको बैठकपछि थापाले आफू जिम्मेवारीमा फर्किएको बताए । राजनीति ट्याकमा आएका कारण सबै आफ्नो जिम्मेवारीमा फर्कने उनले बताए ।
बैठकले यसअघि राजीनामा दिएका उपनेता हिमाल कार्की र प्रमुख सचेतक भूपेन्द्र राईलाई पनि जिम्मेवारीमा फर्कन आग्रह गरेको थियो । उनीहरू पनि जिम्मेवारी फर्कने थापाले बताए ।