राष्ट्रपति पौडेल आज भूकम्पप्रभावित क्षेत्र जाजरकोट जाँदै

सहयात्रा टिभी

काठमाडौँ । कातिक २१, राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार भूकम्पबाट क्षति भएको क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै छन्। राष्ट्रपति पौडेल बिहान सवा १० बजे भूकम्प प्रभावित क्षेत्र जान लागेको स्रोतले जनाएको छ ।

उनी युरोप भ्रमण स्थगित गरेर भूकम्प प्रभावित जान लागेका हुन्। विपत्ति परेको वेला विदेश भ्रमण उपयुक्त नहुने निष्कर्षसहित उनले फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेका हुन् । जाजरकोटको रामिडाँडा केन्द्र भएर शुक्रबार राति ६‍.४ रेक्टरको भूकम्प गएको थियो ।

प्रकाशित : 7 November, 2023

प्रतिक्रिया दिनुहोस्