काठमाडौं विमानस्थलमा ट्राफिक जाम

सहयात्रा टिभी

काठमाडौं । कातिक २१, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ट्राफिक चापले जहाजहरु आकाशमै होल्ड भएका छन् ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले विमानस्थलमा जहाजहरुको चापका कारण होल्डमा बस्नु परेको जानकारी दिए ।

‘अहिले काठमाडौंमा ट्राफिक चाप छ, त्यसले गर्दा जहाजहरुको सामान्य उडान अवतरण हुन नसकेको हो,’ उनले भने ।

जाडो मौसममा प्रतिकुल मौसमले पनि उडान अवतरणमा असर गर्छ । आज भने मौसमले असर नगरेको उनले जानकारी दिए । पछिल्लो समय काठमाडौं विमानस्थल अधिकतम क्षमतामा चलिरहेको छ ।

 

प्रकाशित : 7 November, 2023

प्रतिक्रिया दिनुहोस्