चिनिँया कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी नेपाल आउँदै

सहयात्रा टिभी

काठमाडौं । कातिक २२, चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल आउँदै छन् ।

नेपालको पाँचदिने औपचारिक भ्रमणका लागि उनी आज बुधबार नेपाल आउन लागेका हुन् । तिब्बतको पार्टी सेक्रेटरी छुङछेङ नेपाल भ्रमणको क्रममा द्विपक्षीय तथा आपसी हितका बारेमा छलफल गर्नेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएको चीन भ्रमणको क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे छलफल हुने जनाईएको छ । पाँचदिन नेपाल रहने उनले भोलि बिहान प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नेछन् भने यस भ्रमणको क्रममा उनी पोखरा पनि जानेछन् ।

प्रकाशित : 8 November, 2023

प्रतिक्रिया दिनुहोस्