प्रधानमन्त्री र सीपीसी तिब्बतका सचिव छुङछेङबीच भेटवार्ता

सहयात्रा टिभी

काठमाडौँ कातिक २३, नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) तिब्बतका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा दुई देश बीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

सचिव वाङ नेतृत्वको टोली ५ दिने भ्रमणका लागि हिजो नेपाल आएको हो । टोली हिजोबाटै राजनीतिक भेटघाटमा व्यस्त छ । हिजो टोलीले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग भेटवार्ता गरेको थियो ।

प्रकाशित : 9 November, 2023

प्रतिक्रिया दिनुहोस्