बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी
सहयात्रा टिभी
काठमाडौँ । कातिक २७, मन्त्रिपरिषद बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषदको नियमित बैठक मंगलबार बस्ने गरेको भएपनि प्रधानमन्त्री दाहालले आजका लागि बैठक बोलाएका हुन् ।
बैठकमा नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिएको राजीनामालगायतका विषयमा छलफल हुने बुझिएको छ ।


