भारतको जम्मु–कश्मिरमा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३९ पुग्यो

सहयात्रा टिभी

काठमाडौं । कातिक ३०, भारतको जम्मु–कश्मिरमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३९ जना पुगेको छ ।

दुर्घटनामा १६ जना घाइते भएका छन् । डोडा भन्ने ठाउँमा घुम्तीमा बस नमोडिँदा सडकबाट चिप्लिएर झण्डै तीन सय फिट तल खसेको हो ।

दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीलाई उद्धृत गरी भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुर्घटनाप्रति दुःख व्यक्त गरी प्रधानमन्त्री राहत कोषबाट मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

प्रकाशित : 16 November, 2023

प्रतिक्रिया दिनुहोस्