दशैंपछिका २० दिनमा उपत्यकामा २६६ दुर्घटना, ७ जनाको मृत्यु ३३० घाइते

सहयात्रा टिभी

काठमाडौं । कातिक ३०, काठमाडौं उपत्यकामा गत कात्तिक ११ देखि ३० गतेसम्मको अवधिमा २६६ वटा दुर्घटना भएको छ ।

यी दुर्घटनाहरुमा ७ जनाको मृत्यु भएको छ भने ३३० जना घाइते भएका छन् ।

उपत्यका प्रहरी कार्यालयका अनुसार ७४ वटा सवारी साधन आफैं दुर्घटनामा परेको हो भने १९२ वटा दुर्घटना अन्यसँग ठोक्किएर भएको हो । काठमाडौंमा आफैं दुर्घटनामा पर्ने गाडीको संख्या ३९ छ भने ९४ वटा अरुसँग ठोक्किएर भएको छ ।

ललितपुरमा १९ वटा आफैं दुर्घटना र ३० वटा अरुसँग ठोक्किएर दुर्घटना भएको छ । भक्तपुरमा १६ वटा आफैं दुर्घटना भएको छ र ६८ वटा अरुसँग ठोक्किएर भएको छ ।

यी सबै घटनामा गरी १०८ जना पक्राउ परेका उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए । यीमध्ये कतिपय घटनामाथि अहिले पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

प्रकाशित : 16 November, 2023

प्रतिक्रिया दिनुहोस्