प्रतिबन्धपछि दूरसञ्चार प्राधिकरणलाई टिकटक मुख्यालयको पत्र

काठमाडौं । मंसिर १, सरकारले बन्द गर्ने निर्णय गरेपछि सामाजिक सञ्जाल टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेको छ ।
नेपालका विभिन्न सरकारी निकायका प्रतिनिधिसँग गरिएको समझदारी उल्लेख गर्दै टिकटकले मापदण्ड विपरीतका भिडिओ सामग्रीहरू हटाइएकोसमेत दाबी गरेको छ ।
पत्रमा टिकटकले गत अगस्ट २९ मा आफू डिजिटल सेवा करदाताको रूपमा पनि दर्ता भइसकेको भनेको छ ।
टिकटकले प्रयोगकर्ताको सुरक्षा आफ्नो पनि प्राथमिकताको विषय भएको उल्लेख गर्दै नेपालको घरेलु कानुनविपरीतका सामग्री हटाउने गरी सरकारले सिधै अनुरोध गर्न सक्ने गरी पहुँच दिएको र थप चासो भए सम्बोधन गर्न तयार रहेको पनि टिकटकले स्पष्ट पारेको छ ।
टिकटकको दक्षिण एसियाली प्रतिनिधिले नेपाल सरकारको निर्णयले आश्चर्यचकित बनाएको र छिट्टै पुनर्विचार हुने अपेक्षा गरेको पत्रमार्फत जनाएका छन् ।