केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री प्रचण्डद्धारा केही दिनभित्रै प्रहरी ऐन आउने दाबी

सहयात्रा टिभी

काठमाडौं । मंसिर १, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारका लागि आवश्यक प्रमुख प्रहरी समायोजन ऐन, निजामती ऐन र संघीय शिक्षा ऐन छिट्टै पारित गरेर कार्यान्वयनमा आउने दाबी गरेका छन् ।

यी तीन वटा ऐनमात्रै टुंगिएर प्रदेश सरकार शक्तिशाली हुनेबित्तिकै जनताले प्रत्यक्ष रुपले सिंहदरबार हाम्रो घरदैलोमा आएकै छ भन्ने थाहा पाउने उनले दाबी गरे ।

तनहुँको आँबुखैरेनी गाउँपालिकामा निर्माण भएको आँबुखैरेनी अस्पतालको उद्घाटन गर्दै प्रचण्डले जबसम्म प्रदेश सरकार हो भन्ने अनुभूति जनतालाई दिलाउन सकिँदैन, तबसम्म प्रदेशको महत्व के हो भन्ने कुरा विश्वास दिलाउन पनि गाह्रो हुने बताए ।

‘प्रहरी समायोजन ऐन त बनिसकेको छ । खाली कार्यान्वयनको कुरामात्रै हो । गएको ३/४ दिन लगातार प्रहरी, गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयमा लगातार छलफलमा छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

केही दिनभित्रै प्रहरी समायोजन ऐन कार्यान्वयनमा आउने र प्रदेशसँग लाठी हुने प्रचण्डले दाबी गरे । दोस्रो, सरकार हुनका निम्ति नभइ नहुने कुरा कर्मचारी नै भएकाले संघीय निमामती ऐन छिट्टै पारित हुने प्रचण्डले बताए ।

गठबन्धनभित्र सहमति गराउने कुरा आफैंमा चुनौतिपूर्ण रहेको भन्दै प्रचण्डले धेरै मिहिनेत गरेर संघीय निजामती ऐन बनाइएको जिकीर गरे ।

‘गठबन्धनभित्र सहमति गराउने कुरा आफैंमा चुनौतिपूर्ण कार्य थियो, सहमति भएको छ । क्याबिनेटबाट त्यो पास भएको छ अब सदनभित्र लगेर पारित गर्ने कुरा छ,’ प्रधानमन्त्रीले प्रचण्डले भने ।

संघीय शिक्षा ऐन सदनमा पुगिसकेर छलफलको क्रममा रहेको बताउँदै प्रचण्डले परिमार्जनसहित पारित गर्ने कोशिस भएको जानकारी दिए ।

 

प्रकाशित : 17 November, 2023

प्रतिक्रिया दिनुहोस्