केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भूकम्प प्रभावितलाई अष्ट्रेलिया सरकारले ६ लाख अष्ट्रेलियन डलर सहयोग गर्ने

सहयात्रा टिभी

काठमाडौं । मंसिर १, अष्ट्रेलिया सरकारले भूकम्प प्रभावितका लागि  ६ लाख अष्ट्रेलियन  डलर* (५ करोड १८ लाख ५२ हजार रुपैयाँ) बराबरको सहयोग गर्ने भएको छ ।

यो सहयोग रकम भूकम्प प्रभावितलाई आपतकालीन सेवा प्रदान गर्न र जीवन रक्षाका लागि उपयोग गरिने अष्ट्रेलिया सरकारले जनाएको छ । यस्तै सहयोग क्षतिग्रस्त सार्वजनिक पूर्वाधार निर्माणमा पनि प्रयोग हुने छ ।

जाजरकोट केन्द्रबिन्दु भएर कात्तिक १७ गते राति गएको ५.७ म्याग्निच्युडको भूकम्पले १५४ जनाको ज्यान गएको छ भने ३७५ जना घाइते भएका छन् । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम सबैभन्दा बढी प्रभावित छन् ।

 

 

 

प्रकाशित : 17 November, 2023

प्रतिक्रिया दिनुहोस्