केपी ओली प्रचण्ड माधव नेपाल एमाले


धनगढीमा आगलागी हुँदा एक अस्पतालसहित ८ पसलमा क्षति

सहयात्रा टिभी

कैलाली । मंसिर २, कैलालीको धनगढीमा गएराति भीषण आगलागी भएको छ । आगलागीबाट सारथी अस्पतालसहित ८ वटा पसलमा क्षति पुगेको छ ।

अस्पतालका बिरामीहरूलाई राति नै सुरक्षित स्थानमा सारिएको थियो भने अस्पतालका नजिकका उपकरणहरू बाहिर निकालिएका थिए।

धनगढी उपमहानगरपालिका–१ मा रहेको भण्डारी जनरल स्टोरमा विद्युत सर्ट भएर अचानक आगलागी भएको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गएराति एक बजेदेखि शुरु भएको आगलागी आज बिहान पूर्णरुपमा नियन्त्रणमा आएको छ ।

आगो निभाउन धनगढी उपमहानगरपालिकाको २, गोदावरी नगरपालिकाको १ र कञ्चनपुरको पुनर्वास नगरपालिकाको १ गरी ४ वटा दमकल परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

आगोबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 18 November, 2023

प्रतिक्रिया दिनुहोस्