केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाली कांग्रेसद्धारा भूकम्प प्रभावितका एक हजार घर बनाउने निर्णय

सहयात्रा टिभी

काठमाडौँ । मंसिर ४, नेपाली कांग्रेसले भूकम्प प्रभावितका एक हजार घर बनाउन दक्ष जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार विहान बसेको बैठकले एक हजार घर बनाउन दक्ष जनशक्तिको टोली परिचालन गर्ने निर्णय गरेको हो ।

प्रभावित क्षेत्रमा भिडभाड नहुने गरी दक्ष जनशक्ति सहितको टोली पठाउने महामन्त्री गगन थापाले जानकारी दिए । त्यसका लागि केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा पहिलो टोली सोमबार नै भूकम्प प्रभावित क्षेत्रमा गएको छ ।

 

प्रकाशित : 20 November, 2023

प्रतिक्रिया दिनुहोस्