केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालमा पहिलो पटक ‘निकाइडो’मुटुको शल्यक्रिया सफल

सहयात्रा टिभी

काठमाडौँ । मंसिर ४,नेपालमा पहिलोपटक पटक मुटुको दुर्लभ मानिने ‘निकाइडो’ शल्यक्रिया गरिएको छ ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा स्याङ्जा निवासी ७ वर्षीया बालिकाको ‘निकाइडो’ शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो । ती बालिकाको शल्यक्रिया डा. रविन्द्रभक्त तिमलाको नेतृत्वको टोलीले सफल शल्यक्रिया गरिएको थियो ।

डा. तिमलाको अनुसार २६ असोजमा ९ घन्टा लगाएर शल्यक्रिया गरिएको बालिकालाई २३ दिन आइसियूमा राखेर उपचार गरिएको थियो ।

अहिले वार्डमा सारिएको बालिकाको स्वास्थ्य अवस्था अहिले सामान्य भएको छ । ती बालिकामा जन्मजात मुटु रोगका कारण शल्यक्रिया गर्नुपर्ने अवस्था आएको थियो ।

चिकित्सकीय भाषामा बालिकामा ट्र्रान्सपोजिसन अफ ग्रेट आर्टिरिज, भेन्ट्र्रिकुलर सेप्टल डिफेक्ट, पल्मोनिरी स्टेनोसीसको समस्या थियो । यस्तो समस्या भएको मानिसमा शरीरको अक्सिजनको मात्रा एकदमै कम हुन्छ ।

यस्तो समस्यामा मुटुको देब्रे खण्डबाट निस्किनु पर्ने मूल धमनी दाहिने खण्डबाट निस्केको र दाहिने खण्डबाट निस्किनु पर्ने पल्मोनरी आर्टरी देब्रे खण्डबाट निस्केर साँगुरिएको थियो । साथै मुटुको तत्लो भागको दुई कोठाबीचमा ठूलो प्वाल परेको थियो ।

त्यस्तै, रगत फोक्सोमा जाने बाटो साँगुरो समेत हुने गर्छ । जसको कारण बिरामीले राम्रोसँग सास फेर्न नसक्ने, सास फेर्न नसक्दा अक्सिजनको कमी हुने तथा मुटु नै फेल गराउने अवस्था आउन सक्छ ।

यसभन्दा अगाडी डा.तिमला कै नेतृत्वले केन्द्रमा नेपाल मै पहिलो पटक मुटु को जटिल शल्यक्रिया आर्टेरियल स्विच, कोनो रष्टन एओर्टा भेन्ट्र्रिकुलोप्लास्टी, पल्मोनरी थ्रोम्बोएन्डारटेरेक्टोमी, टोटल आर्च रिप्लेसमेन्ट लगायतका शल्यक्रिया सफलताका पूर्वक सम्पन्न भएको थियो ।

 

प्रकाशित : 20 November, 2023

प्रतिक्रिया दिनुहोस्