चाँदी स्थिर सुनको मूल्य बढ्यो
सहयात्रा टिभी
काठमाडौँ । मंसिर ४, सोमबार चाँदीको मूल्य स्थिर रहेको र सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २०० रुपैयाँमा बढेको छ भने चाँदीको मूल्य १४५० रुपैयाँमा स्थिर छ ।
आजका लागि छापावाल सुनको मूल्य एक लाख १५ हजार ७००, तेजावी सुनको मूल्य एक लाख १५ हजार १५० रुपैयाँ कायम भएको छ ।आइतबार एक लाख १५ हजार ५०० रुपैयाँमा छापावाल सुन र एक लाख १४ हजार ९५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।