केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चाँदी स्थिर सुनको मूल्य बढ्यो

सहयात्रा टिभी

काठमाडौँ । मंसिर ४, सोमबार चाँदीको मूल्य स्थिर रहेको र सुनको मूल्य बढेको  छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २०० रुपैयाँमा बढेको छ भने चाँदीको मूल्य १४५० रुपैयाँमा स्थिर छ ।

आजका लागि छापावाल सुनको मूल्य एक लाख १५ हजार ७००, तेजावी सुनको मूल्य एक लाख १५ हजार १५० रुपैयाँ कायम भएको छ ।आइतबार एक लाख १५ हजार ५०० रुपैयाँमा छापावाल सुन र एक लाख १४ हजार ९५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

 

प्रकाशित : 20 November, 2023

प्रतिक्रिया दिनुहोस्