केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भूकम्प क्षतिको विवरण सङ्कलन मङ्सिर ७ भित्र पठाउन पालिकालाई निर्देशन

सहयात्रा टिभी

काठमाडौँ । मंसिर ५, जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पूर्ण विवरण यही मङ्सिर ७ भित्र पठाउन पालिकाहरुलाई निर्देशन दिएको छ ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह सहभागी हुनुहुन्थ्यो ।

बस्न मिल्ने र नमिल्ने घरको वर्गीकरण गरेर पालिकाको विपद् व्यवस्थापन समितिबाट निर्णय गराइ प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको विपद् व्यवस्थापन समितिलाई सिफारिस गर्न बैठकले निर्देशन गरेको हो ।

अहिले पठाएको विवरण स्पष्ट नभएको जनाउँदै बैठकले पूर्ण विवरण पठाउन पालिकालाई आग्रह गरिएको हो । यसैगरी सरकारी कार्यालयको क्षतिको विषयमा सरकारी कार्यालयलाई नै विवरण पठाउन आग्रह गरिएको छ ।

अस्थायी टहरा निर्माण गरी विद्यालय सञ्चालन गरिएको छ । बस्न नमिल्ने घरका लागि मात्र अस्थायी आवास निर्माण गर्न रकम दिइने छ । त्यस्तै, मङ्सिरभित्र खाद्यान्न जम्मा गर्न र प्रभावित क्षेत्रमा तुरुन्तै मेडिकल टिम परिचालन गर्नसमेत आग्रह गरिएको छ ।

 

प्रकाशित : 21 November, 2023

प्रतिक्रिया दिनुहोस्