माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव

सहयात्रा टिभी

काठमाडौं । मंसिर ७, निर्वाचन आयोगले सरकारलाई राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि माघ ११ गतेको मिति प्रस्ताव गरेको छ।

बिहीबार माघ ११ गते निर्वाचन गर्नेगरी मिति तोक्न सिफारिस गरेिएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

आयोगका पदाधिकारीहरूले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष भेटेर मिति प्रस्ताव गरेको हो।

प्रधानमन्त्रीले पनि आयोगले तोकेअनुसार नै मन्त्रिपरिषदबाट निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रवक्ता पौडेलले बताए।

फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि समाप्त हुँदैछ। राष्ट्रिय सभा सदस्‍य निर्वाचन ऐन, २०७५ बमोजिम रिक्त हुने समयभन्दा ३५ दिन पहिले नै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ।

 

प्रकाशित : 23 November, 2023

प्रतिक्रिया दिनुहोस्