प्रस्तावित राजदूत नेपालविरुद्ध १० दिनभित्र उजुरी दिन समितिले आह्वान

सहयात्रा टिभी

काठमाडौं । मंसिर ८, संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ ।

मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूत शनिल नेपालविरुद्ध १० दिनभित्र उजुरी दिन समितिले आह्वान गरेको हो ।

यस्तै, समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौडेलको सुनुवाइ आइतबार दिउँसो १ बजे गर्ने निर्णय गरेको छ ।

आजकै बैठकले सर्वोच्च अदालतका लागि प्रस्तावित राजदूतविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वानसमेत गरेको छ ।

 

प्रकाशित : 24 November, 2023

प्रतिक्रिया दिनुहोस्