रास्वपाको केन्द्रीय र संसदीय समितिको संयुक्त बैठक जलेश्वरमा सुरु

सहयात्रा टिभी

काठमाडौं । मंसिर १०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक सोमबारदेखि महोत्तरीको जलेश्वरमा सुरु हुने भएको छ ।

बैठक मंसिर ११, १२ र १३ गते तीन दिनसम्म चल्ने छ । बैठकमा पार्टीका प्रदेश सभापतिहरुको पनि सहभागिता रहने महासचिव मुकुल ढकालले जानकारी दिए ।

महासचिव ढकाल अनुसार बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल एवं आवश्यक निर्णयहरू हुने छन् ।

 

 

प्रकाशित : 26 November, 2023

प्रतिक्रिया दिनुहोस्