काठमाडौं महानगरको ४ महिनामा २ अर्ब ९२ करोड राजस्व संकलन

सहयात्रा टिभी

काठमाडौं । मंसिर १०, चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाले २७ दशमलव ११ प्रतिशत राजस्व संकलन गरेको छ ।

साउन, भदौ, असोज र कात्तिक गरी ४ महिनामा २ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन भएको राजस्व विभागका प्रमुख ध्रुबकुमार काफ्लेले जानकारी दिए ।

काठमाडौं महानगरले चालु आर्थिक वर्षमा १० अर्ब ८० करोड ७८ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

गएको वर्ष यस अवधिमा २६ दशमलव ४९ प्रतिशत राजस्व उठेको थियो । त्यो वर्ष १० अर्व ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ लक्ष्य राखेकोमा २ अर्ब ७५ करोड ९८ लाख रुपैयाँ संकलन भएको थियो ।

प्रशासनिक सेवा शुल्कमा लक्ष्यको सबैभन्दा धेरै १४७ प्रतिशत धेरै रकम संकलन भएको छ । यसमा २० लाख रुपैयाँ वार्षिक लक्ष्य राखिएकोमा २९ लाख ४० हजार उठाएको हो ।

१ अर्ब ५० करोड लक्ष्य राखिएको सम्पत्ति करमा ४१ करोड ८६ लाख रुपैयाँ अर्थात २७ दशमलव ९१ प्रतिशत राजस्व संकलन भएको छ ।

 

प्रकाशित : 26 November, 2023

प्रतिक्रिया दिनुहोस्