भारतको गुजरातमा चट्याङमा परेर १३ जनाको मृत्यु

सहयात्रा टिभी

गुजरात । मंसिर ११, भारतको गुजरातमा फेरि एकपटक प्रकृतिको कहर सार्वजनिक भएको छ । गुजरातमा भारी वर्षा र चट्याङका कारण १३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चट्याङ लागेर दाहोदमा ३, भरुचमा २ तथा अहमदाबाद, साबरकन्ठा, खेडा, पंचमहल, बोटाड, मेहसाना, सुरेन्द्रनगर र अमरेलीमा चट्याङ लागेर १–१ गरी १३ जनाको मृत्यु भएको छ । यस्तै, चट्याङका कारण पशुपन्छीको मृत्यु भएको खबर पनि आएको छ । हालसम्म ३९ जनावरको मृत्यु भइसकेको छ ।

सौराष्ट्र र उत्तरी गुजरातसहित लगभग सम्पूर्ण राज्यमा बेमौसमी वर्षा भएको छ। सौराष्ट्रका केही स्थानमा सबैभन्दा बढी पानी परेको छ ।

हिउँ झैँ अचानक भारी असिना परेपछि गाडीबाट हिँडेका मानिसले सेल्फी लिन थाले । जसका कारण सडकमा सवारीसाधनको लामो लाइन लागेर जामसमेत भएको थियो । वर्षाका कारण कृषकलाई ठूलो नोक्सान भएको अनुमान गरिएको छ । यद्यपि त्यसको विवरण भने आउन बाँकी रहेको छ ।

प्रकाशित : 27 November, 2023

प्रतिक्रिया दिनुहोस्