सुनचाँदीको मुल्यमा अहिलेसम्मकै नयाँ रेकर्ड
सहयात्रा टिभी
काठमाडौं । मंसिर ११, सुनचाँदीको मुल्यमा अहिलेसम्मकै नयाँ रेकर्ड रहेको छ ।
आज तोलामा सुन १ लाख १७ हजार ४ सय रुपैयाँमा पुगेको छ । यसअघि गएको कात्तिक १२ गते सुनको भाउ बढेर तोलामा १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो ।
सुनको भाउ हिजो भन्दा आज तोलामा पाँच सय रुपैयाँले महँगो भएको हो । हिजो तोलामा सुन १ लाख १६ हजार ९ सय रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो ।
यस्तै, चाँदी पनि आज भाउ बढेर तोलाको १ हजार ५ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै महँगो हो ।