केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महोत्तरीमा प्रहरी जवानलाई गोली लागेको घटनामा संलग्न असइ निलम्बन

सहयात्रा टिभी

काठमाडौं । मंसिर ११, महोत्तरीमा पेस्तोल खेलाउँदा पड्केर प्रहरी जवानलाई गोली लागेको घटनामा संलग्न असइ निलम्बनमा परेका छन् ।

महोत्तरीको हलखोरी प्रहरी चौकीका इन्चार्ज असई बच्चा यादव भन्ने रामेश्वरप्रसाद यादवलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्बन गरेको हो ।

आइतबार अपराह्न असइ यादवलाई प्रदेश प्रहरी प्रमुख डीआईजी जनक भट्टराईले निलम्बन गरेको कार्यालयका प्रवक्ता एसएसपी प्रविन पोखरेलले जानकारी दिए ।

डाँका समातेको खुसीमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कात्तिक ३० गते राति भएको रात्री भोज खाएर फर्केपछि असई यादवले पेस्तोल खेलाउँदा सेन्टरी बसेका प्रहरी जवान राजेश कुमार घाइते भएका थिए ।

एक पाखुरामा गोली लागेर घाइते भएका जवानलाई असई यादवले घटना लुकाउन भारत उपचारमा पठाएका थिए । भरतीय प्रहरीले थाहा पाएपछि सप्तरी प्रहरीलाई खबर गरेका थिए । घाइते प्रहरी जवानको घर सप्तरी हो । सप्तरी प्रहरीले महोत्तरी प्रहरीलाई गत शुक्रबार जानकारी गराएको थियो ।

लगतै महोत्तरी प्रहरीले असई यादवलाई चौकीको जिम्मेवारीबाट हटाएर जिल्ला तानेको थियो । घटना छानबिन गर्न महोत्तरी प्रहरीले छानविन टोलि गठन गर्ने तयारी गरेको छ ।

स्रोतका अनुसार असई यादवले भने चेन्जर सफा गर्ने क्रममा पेस्तोल पड्केर पोलमा लागि फर्किएर प्रहरी जवानलाई लागेको दाबी गरिरहेका छन् ।

 

प्रकाशित : 27 November, 2023

प्रतिक्रिया दिनुहोस्