केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दिल्लीमा वायु स्वच्छताका लागि प्रभावकारी कदम चाल्न सर्वोच्चको आदेश

सहयात्रा टिभी

काठमाडौं । मंसिर ११, हालैका वर्षहरुमा दिल्लीको प्रदूषण विश्वव्यापी रुपमा सञ्चार माध्यमको हेडलाइन बनिरहेको छ ।

खासमा वायु प्रदूषण दिल्लीका निम्ति नयाँ समस्या होइन । पुरानै समस्या भएकै कारण भारतको सर्वोच्च अदालतले पनि दिल्लीको जनजीवनलाई सहज बनाउनका लागि पटक पटक आदेश दिँदै आएको छ ।

यही महिना सर्वोच्च अदालतले वायु प्रदूषण नियन्त्रणका निम्ति तत्कालै प्रभावकारी कदम चाल्न सरकारलाई आदेश दिएको थियो ।

सरकारले प्रदूषण नियन्त्रणका निम्ति पञ्जाब र हरियानाका खेतहरुमा आगो नलगाउन निर्देशन दिएको र जोर बिजोर प्रणालीमा गाडी चलाउने योजना बनाएको भनी दिएको जवाफ अदालतले निरन्तर सुन्दै आएको छ ।

सरकारको योजना सुदेर वायु प्रदूषण कम गर्ने नीतिको पालना गराउला भन्ने प्रतीक्षामा सर्वोच्चले लामो समय बिताइसकेको छ ।

गत साता भने सर्वोच्चले सरकारका प्रतिनिधिलाई बोलाएर दिल्ली, हरियाना र पञ्जाब जोड्ने द्रुत रेलमार्ग सञ्चालनका निम्ति तत्कालै बजेट विनियोजनका लागि आदेश दिएको छ । अदालतको आदेशमा भनिएको छ, ‘सरकार जनताको जीवन रक्षाका निम्ति गम्भीर देखिएन ।’

यातायातले निम्त्याउने प्रदूषण कम गर्नका निम्ति दिल्लीलाई छिमेकी सहरसँग जोड्नका निम्ति तत्कालै द्रुत रेल सञ्चालन गर्न अदालतले सरकारको नाममा आदेश दिएको हो । सँगसँगै पञ्जाब सरकार वायु प्रदूषण कम गर्ने सवालमा गम्भीर नदेखिएको पनि सर्वोच्च अदालतले ठहर गरेको छ ।

 

प्रकाशित : 27 November, 2023

प्रतिक्रिया दिनुहोस्