केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वन ऐन संशोधनपछि सुकुमबासी समस्या समाधान हुने प्रचण्डद्धारा दाबी

सहयात्रा टिभी

काठमाडौं । मंसिर ११, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले गरेको राम्रो कामलाई पार्टी संगठनले नै राम्रो भन्न नसकेको गुनासो गरेका छन् ।

पार्टीको नयाँ वेबसाइट सार्वजनिक गर्दै माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सरकारको तर्फबाट इमान्दार प्रयत्न भइरहेको बताए ।

पछिल्लो पटक नेपाल सम्वतबारे गरेको निर्णयलाई उपत्यकाको नेवार समुदायले राम्रो मानेको भन्दै उनले भने, ‘अरुले राम्रो भनेका छन्, बधाई दिएका छन् । तर हाम्रै संयन्त्र चाहिँ कताकता राम्रो भन्न तयार भएको देखिँदैन ।’

आत्मविश्वासका साथ सरकारले गरेको कामको पक्षमा उभिन उनले नेता कार्यकर्तालाई आग्रह गरे ।

आइतबार मात्र आफूले सुकुम्बासी समस्या समाधानका लागि एक साताभित्र ऐन संशोधन गर्ने निर्णय गरेको उनले सुनाए । वन ऐन पनि संशोधन गर्ने निर्णय भएको भन्दै उनले त्यसपछि सुकुमबासी समस्या समाधान हुने दाबी गरे ।

स्कुलको अगाडि रहेको रुख ढलेर विद्यार्थीको मृत्यु भयो, तर रुख काट्न वनले अनुमति नदिएको भन्दै उनले भने, ‘त्यसलाई बदल्ने भनेर हामीले निर्णय गरेका छौं । त्यो ऐन संशोधनपछि लालपूर्जा वितरण वा वनले रोकेको विकास निर्माणका काम हुन्छ । त्यो खुल्नेवित्तिकै ठूलो क्रान्ति हुन्छ भन्ने मेरो विश्वास छ ।’

 

प्रकाशित : 27 November, 2023

प्रतिक्रिया दिनुहोस्