केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जलेश्वरमा रास्वपाको ३ दिनको कार्यतालिका बैठक सुरु भयो

सहयात्रा टिभी

काठमाडौं । मंसिर ११, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक महोत्तरीको जलेश्वरमा सुरु भएको छ ।

सोमबार दिउँसो १२ः ३० मा सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरु, सांसदहरु, संगठन, कानुन तथा न्याय, प्रशिक्षण विभागका पदाधिकारी सहभागी छन् ।

बैठकमा रास्वपाको मधेश प्रदेश सभापति र महामन्त्री पनि सहभागी भएका थिए । पार्टी स्थापनायता रास्वपाको यो सबैभन्दा बृहत बैठक हो ।

बैठकको प्रारम्भमा महामन्त्री मुकुल ढकालले समसामयिक राजनीतिक तथा पार्टी गतिविधिको जानकारी गराएका छन् ।

महामन्त्रीपछि प्रदेशका सभापतिहरुले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका छन् । सोमबार नै केन्द्रीय अनुशासन आयोगको प्रतिवेदन विभागका प्रमुख डा. भरतमणि देवकोटाले पेश गर्ने कार्यसूची छ ।

सोमबार नै पार्टी सभापतिबाहेक २० सांसदलाई ७ मिनेटका दरले बोल्न समय दिइएको छ । त्यस्तै पार्टी उपसभापति डोलप्रसाद अर्यालले आर्थिक तथा लेखा प्रतिवेदन पेश गर्नेछन् भने आर्थिक व्यवस्थापन विभाग प्रमुख लिमा अधिकारी र लेखा आयोगका प्रमुख अभिषेक घिमिरेले उक्त प्रतिवेदनमाथि धारणा राख्नेछन् ।

संगठन विभागका प्रमुख तथा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सोमबार सांगठनिक प्रतिवेदन पेश गर्ने भएका छन् । रास्वपाको नीति विचार प्रतिनिधि मण्डलको बैठक पनि सोमबार साँझ बस्ने तय भएको छ ।

 

 

प्रकाशित : 27 November, 2023

प्रतिक्रिया दिनुहोस्