केपी ओली प्रचण्ड माधव नेपाल एमाले


धुलिखेलस्थित एक घरमा आगलागी, ९ लाखको क्षति

सहयात्रा टिभी

काभ्रे । मंसिर १२, काभ्रेको धुलिखेलस्थित एक घरमा आगलागी भएको छ । धुलिखेल नगरपालिका–११ बाँनियाछापस्थित बलराम धिमालको घरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार ढुंगामाटोले बनेको तीनतले घरमा आगलागी हुँदा करिब ९ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

धुलिखेल नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न सकेको छैन भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : 28 November, 2023

प्रतिक्रिया दिनुहोस्