केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पोखरामा अनुमतिविना‍ सडक किनारका रुख काट्नेलाई जरिबाना

सहयात्रा टिभी

काठमाडौँ । मंसिर १२, पोखरा महानगरपालिकाले सार्वजनिक सडक किनारमा रहेका रुख अनुमतिविना काट्नेलाई जरिबाना तिराएको छ ।

महानगरले पोखरा–८ न्युरोडमा सडक छेउमा हुर्किएको रुख काट्ने दुई पसलेलाई कारबाही गरेको हो ।

फुटपाथमा हुर्किएको रुख काट्ने गिटार सप र स्काइ फेसनलाई महानगरपालिकाको आर्थिक ऐन, २०८० मा भएको व्यवस्थाअनुसार कारबाही गरिएको महानगरपालिकाले जनाएको छ ।

पसल छेकिएको जनाउँदै अनुमतिविना रुख नै काटेका उनीहरूलाई १५ हजार रुपैयाँका दरले जरिबाना गरिएको नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले जानकारी दिनुभयो ।

महानगरको आर्थिक ऐनमा सडक छेउको फुटपाथमा लगाइएका रुखको हाँगा अनुमतिविना कटान गरेमा प्रतिहाँगा पाँच हजार र रुख नै काटेमा १५ हजार रुपैयाँ जरिबाना हुने व्यवस्था गरिएको छ ।

 

प्रकाशित : 28 November, 2023

प्रतिक्रिया दिनुहोस्