आज मन्दिर अगाडि धुनी बालेर चन्द्रविनायक जात्रा सुरू

सहयात्रा टिभी

काठमाडौँ । मंसिर १२, काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले चन्द्रविनायक तथा भैरवनाथ जात्रा सञ्चालन हुने ठाउँहरुको अवलोकन गरेका छन् ।

जात्राको पहिलो दिन सोमबार राति बालेनले चारुमती बिहार, गणेशस्थान, कुटुबहाललगायत क्षेत्रका बारेमा जानकारी लिएका थिए ।

वडा नम्बर ८ का अध्यक्ष एवं सम्पदा समितिका संयोजक आशामान संगतका अनुसार जात्राको पहिलो दिन गुठीयार पूर्ण संगतको घरबाट भैरवको र सानुकाजी शाक्यको घरबाट गणेशको मूर्ति गणेशस्थान परिसरमा ल्याएपछि गणेश मन्दिर अगाडि आगो बालेर धुनी जगाइएको छ ।

धुनीको लागि पशुपतिको अमालकोट कचहरीले दाउरा, मुढा उपलब्ध गराउने परम्परा छ ।

यसरी जगाइएको धुनी तापे चिसो नलाग्ने, चिसो लागिसकेको भए यसको असर हराउने, घुँडा दुख्ने, सरीर दुख्ने समस्या समाधान हुने जनविश्वाश रहेको संगतले बताए ।

 

प्रकाशित : 28 November, 2023

प्रतिक्रिया दिनुहोस्