नयाँ कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र केपी शर्मा ओलीबीच भेट

सहयात्रा टिभी

काठमाडौँ । मंसिर १२, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार भेट भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दुई नेताबीच छलफल भएको हो । छलफलको विषय भने खुलेको छैन ।

दुई नेताबीचको छलफलअघि प्रचण्डले ओलीलाई आफ्नो नयाँ कार्यालय भ्रमण गराएका थिए ।

प्रधानमन्त्री प्रचण्ड ६ मंसिरमा सिंहदरबारमा पश्चिमतर्फ रेट्रो फिटिङ भएको भागमा बनाइएको कार्यकक्षमा सरेका थिए । २०७२ को भूकम्पले क्षतिग्रस्त भएको उक्त भवन रेट्रोफिटिङ हालै सकिएको थियो ।

 

 

 

 

प्रकाशित : 28 November, 2023

प्रतिक्रिया दिनुहोस्