नयाँ रेकर्ड बनाउँदै सुनको मुल्यमा लगातार बृद्धि
सहयात्रा टिभी
काठमाडौं । मंसिर १३, नयाँ रेकर्ड बनाउँदै सुनको मुल्यमा सोमबार देखि लगातार बृद्धि भएको छ ।
बुधबार प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सोमबार प्रतितोला एक लाख १७ हजार ४०० तथा मंगलबार प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला १५२० रुपैयाँ पुगेको छ ।