भृकुटिमण्डपमा अन्तराट्रिय व्यापार मेला सुरु, मेलाको आकर्षक ओखती साबुन पनि

सहयात्रा टिभी

काठमाडौँ । मंसिर १४, नेपाल उद्ययोग वाणीज्य संघद्धारा आज देखि भृकुटिमण्डपमा अन्तराट्रिय व्यापार मेला सुरु भएको छ । सभामुख देवराज घिमिरेद्धारा शुभकामना व्यक्त गर्दै उक्त मेलाको उद्घाटन गर्नु भएको हो ।

पाच दिनसम्म चल्ने यो मेलामा स्वदेशी तथा विदेशी उत्पादनहरुको स्टल राखिएको छ । NITF 2023 आयोजीत मेलामा नेपाली उत्पादनहरुको विभिन्न स्टलहरु राखिएका छन् ।

जस मध्ये ओखती नेपालको स्टल पनि गेटको मुखैमा रहेको छ । श्री जयकाली जडिबुटी उद्ययोग प्रालिद्धारा उत्पादित ओखती ब्रान्डका उत्पादनहरु पनि छन् । युवा युवतीहरुमा देखिएको बढ्दो Go Green  को चाहनालाई नेपाली जडिबुटिहरुद्धारा निर्मीत यस ओखतीका उत्पादनहरुले पुरा गरेको छ ।

स्वदेशी वन पाखाका जडिबुटिद्धारा बनाइएका  उत्पादनहरुलाई प्रवर्दन गरी ओखती नेपालले विश्व बजारमा ख्याति प्राप्त गरीनै रहेको छ । सहयात्राटीभीको स्थलगत रिपोर्टीङ गर्दा औषधिका गुणले भरीपुर्ण यसको उत्पादनहरु विभिन्न रेन्जमा उपलब्ध छन् ।

स्कीन केयर रेन्जमा -सेम्फु, हेयर अयल, ट्रिटमेन्ट क्रिम आदि छन् । भने अन्य बहु उपयोगी बस्तुहरुमा पर्ने हेल्थ केयर रेन्जमा- ओखती क्यामामाइल बुष्टर टि, तुलसी इमिनीटी बुष्टर टि, पेन रिलीफ अयल, ओखती बुटि अयल (सन्चो), कोल्ड रिलिफ भिक्स, तुथपेस्ट, बडि वास, फेस वास सावुन, गिलिसिरीन आदि छन् ।

यस्तै, यसको उत्पादनहरु जति उपयोगी छन् त्यतीनै सुपथ मुल्यमा उपलब्ध भएको कुरा ओखती नेपालका बजार अधिकृत नैना रानाले सहयात्राटीभीलाई जानकारी दिनु भयो।

त्यस्तै, ओखती नेपालका प्रबन्ध निर्देशक सोभाकान्त बस्यालले ओखती उत्पादनले सोह्र वर्ष पार गरीरहदा आजसम्म यसले छिमेकी देश लगायत अमेरिका, अस्ट्रेलिया , हङकङमा निर्यात गर्दै आएको सहयात्राटीभी लाई जानकारी दिनुभयो ।

ओखती नेपालका उपभोक्ताहरुको  बढ्दो मागलाई विश्व बजारमा पुर्याउन अन्तराष्ट्रिय व्यापार मेलाले ठुलै टेवा पुर्याउने आशा रहेको पनि जानकारी पनि दिनुभयो । मेलामा सर्वसाधरणको पनि बाक्लो उपस्थिती रहेको थियो ।

प्रकाशित : 30 November, 2023

प्रतिक्रिया दिनुहोस्