वर्तमान सरकार कुनै समय आफैँ ढल्ने ओलीको जिकिर

सहयात्रा टिभी

काठमाडौं । मंसिर १५, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार आफैं ढल्ने बताएका छन् ।

फाइल तस्वीर

 

वर्तमान सरकारको जग कमजोर भएको भन्दै उनले कसैले ढाल्नै नपर्ने र आफैं ढल्ने बताए ।

शुक्रवार डडेलधुरामा आयोजित महाकाली-मेची अभिायनअन्तर्गतको सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘यो सरकार कसैले ढाल्नु पर्दैन, सरकार हल्लिरहेको छ । चर्याकमर्याक छ ।

यो सरकार कुनै समय आफैँ ढल्न सक्छ । यो कुनै खुट्टा भएको सरकार नै होइन । यो त गठबन्धनका छेस्का टिकाएर अडेको सरकार हो ।’

वर्तमान सरकार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नीतिमा हिँड्न खोज्दा पनि नसकेको र सत्ता साझेदार दल नेपाली कांग्रेस प्रचण्ड पथको भरिया बनेको आरोप ओलीले लगाए ।

वर्तमान सत्ता गठबन्धन रहीरहे देश बर्बादीमा जाने जिकिर गर्दै ओलीले आगामी २०८४ सालको चुनावपछि नेकपा एमालेको एकल सरकार बनाउनुपर्ने बताए ।

 

 

 

प्रकाशित : 1 December, 2023

प्रतिक्रिया दिनुहोस्