अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लाग्यो

सहयात्रा टिभी

काठमाडौँ । मंसिर १७, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ ।

 

बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेको बेला ह्याण्डब्यागमा आगो लागेको थियो । आगो तत्काल निभाइएको थियो ।

एयर चाइनाको जहाजबाट चीन जान लागेको यात्रुको ह्याण्डब्यागमा आगो लागेको विमानस्थल स्रोतले बतायो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 

 

 

प्रकाशित : 3 December, 2023

प्रतिक्रिया दिनुहोस्