लागुपदार्थ दुब्र्यसनीहरु पैसा अभावमा पुनर्स्थापनामा जान सक्दैनन : अध्यक्ष घिमिरे
काठमाडौँ । मंसिर १७, लागु पदार्थको कुलतमा फसेकाहरु रकमको अभावमा पुर्नस्थापनामा जान नसकेका यस क्षेत्रमा काम गर्ने सरोकारवालाहरुले बताएका छन् ।
साथीहरुको लहैलहै, आफूलाई फरक देखाउने प्रवृत्ति, एक्लोपन आदि कारणले दुव्यर्वसनीमा फसेकाहरु त्यहाँबाट मुक्त हुन खोजे पनि परिवार र समाजले उनीहरुप्रति राख्ने नराम्रो दृष्टिकोण र पैसाको अभावमा पुनस्र्थापनामा जान नसकेका उनीहरुको भनाइ छ ।
रिकभरिङ युनाइटेड चितवनका संस्थापक अध्यक्ष मनोज घिमिरेले दुव्र्यसनमा परेकाहरुलाई आफू कुलतमा परेको थाहा हुने तर रकम नहुँदा समयमा नै उपचार र पुनर्स्थापना जान नसकेको बताए ।
चितवनमा झण्डै १२ हजार सक्रिय लागुपदार्थ दुब्र्यसनी भएको उनको अनुमान छ । ब्राउन सुगर, हिरोइन, सुई प्रयोगकर्ताहरुलाई सक्रिय लागुपदार्थ दुर्व्यसनी भन्ने गरिन्छ ।
धेरै विपन्न लागुपदार्थ सेवनकर्ताहरू उपचारमा आउन चाहेको तर कतैबाट पनि सहयोग नपाउँदा दुव्र्यसनलाई निरन्तरता दिएको पाइएकाले स्थानीय सरकार र सरोकारवाला निकायहरुले यसमा ध्यान दिनुपर्ने घिमिरेले बताए ।
लागु पदार्थ सेवन गरेकाहरुलाई महिनाको २० हजार रकम लिएर कम्तीमा ६ महिनासम्म पुनर्स्थापनमा राख्नुपर्ने हुन्छ । यसो हुँदा १ लाख २० हजार खर्च हुने र सो रकमको जोहो गर्न नसक्नेहरु उपचार र पुनर्स्थापनमा जान नसकेको घिमिरेले बताए ।
विपन्न तर कुलतमा परेका दुर्व्यसनीहरुको उपचार र पुनर्स्थापना गर्न रिकभरी नेपालले औद्योगिक शान्ति नेपालसँग मिलेर चितवन नारायणी महोत्सवको आयोजना गर्यो । मंसिर ६ देखि १६ गतेसम्म चलेको महोत्सवमार्फत उठेको रकमबाट कम्तीमा पनि ३० जना दुव्यर्वसनीहरुको निशुल्क उपचार गर्ने घिमिरेले बताए ।
महोत्सवमा कलाकारहरुमार्फत लागु पदार्थ दुर्व्यसनी र त्यसले समाजमा पार्ने प्रभाव तथा उनीहरु प्रति समाज र परिवारले राख्नुपर्ने दृष्टिकोणबारेमा सचेतना फैलाइएको घिमिरेले बताए ।
सो महोत्सवमा लागु पदार्थ दुर्व्यसनी र त्यसले पार्ने प्रभावका बारेमा स्टल राखेर दैनिक जसो सचेतनाका कार्यक्रमसमेत गरिएको थियो । महोत्सवमा १ लाख २० हजार भन्दा बढि मानिसहरु आएको आयोजकको भनाई छ ।
आयोजक संस्था औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महत आफूले देशभर दुई सयभन्दा बढी महोत्सव गरेको र चितवनको महोत्सव निकै सफल भएको दाबी गरे ।