अर्को शक्तिका कारण सरकार चीनको सहयोग लिन डराउँछ : अध्यक्ष ओली
सहयात्रा टिभी
काठमाडौँ । मंसिर १८,नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताउनुभएको छ ।

आज झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा ओलीले दैलेखमा आठ राजनीतिक दलहरूले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै यस्तो बताउनुभएको हो।
उहाँले चीन सरकारले कुनै पनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि अर्को शक्तिका कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको उहाँले बताउनु भयो ।
उहाँले राजनीतिक दलले अब राजनीतिक कुरा गरेर मात्र नहुने र विकासका लागि राजनीति गर्नुपर्ने बताउनु भयो । उहाँले नेताहरु राजनीतिका मात्रै नभइ विकासका नेता हुनुपर्ने बताउनु भयो ।
उहाँले विकास अरु देशले आएर नगर्ने भन्दै आफ्नो देशको विकास आफैँले गर्नुपर्ने भएकाले तत्काल विकासको लागि काम थाल्न नेतारकार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । अध्यक्ष ओलीले नेपालसँग निर्यात गर्ने सामग्री कुनै पनि उत्पादन हुन नसकेको पनि बताउनु भयो ।


