समग्रमा आज सेयर बजारपरिसूचक नेप्से घट्यो

सहयात्रा टिभी

काठमाडौँ । मंसिर १८, सोमबार धेरैजसो कम्पनीको सेयर मूल्य बढ्दा पनि समग्र परिसूचक नेप्से भने घटेको छ ।

१२२ कम्पनीको मूल्य बढ्दा १०९ को घट्यो भने ८ को स्थिर रह्यो । तर, बजारको परिसूचक नेप्से भने अघिल्लो दिनको तुलनामा ३.४ अंक घटेको छ ।

समग्रमा मूल्य घटेका कम्पनीहरुको कुल पूँजीकरण बढेका कम्पनीहरुको भन्दा बढी भएकाले धेरैजसो कम्पनी बढ्दा पनि बजार घट्न पुगेको हो ।

सोमबारको गिरावटपछि नेप्से १८४७ विन्दुमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ ।

आइतबार ९६ करोड ४० लाख रुपैयाँको कारोबार भएकोमा सोमबार १ अर्ब १९ करोडको कारोबार भयो । सोमबार अरु समूहभन्दा जीवन बीमामा आकर्षण देखिएको छ । सो समूह ०.९७ प्रतिशतले बढ्यो ।

बैंकिङ ७, होटल तथा पर्यटन ९, जलविद्युत् २, उत्पादन १७, माइक्रोफाइनान्स १, अन्य ८ र व्यापार उपसमूह १२ अंक घटे ।

 

प्रकाशित : 4 December, 2023

प्रतिक्रिया दिनुहोस्