एकीकृत समाजवादीले आगामी जेठमा मात्र महाधिवेशन गर्ने

काठमाण्डौ । मंसिसर १९, एकीकृत समाजवादीले आगामी जेठमा मात्र महाधिवेशन गर्ने भएको छ ।
सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले माघ १४–१८ का लागि तोकिएको महाधिवेशन जेठमा सार्ने निर्णय गरेको हो ।
प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार महाधिवेशन २०८१ जेठ ३–७ काठमाडौंमा हुनेछ । महाधिवेशनमा पेश गर्ने दस्तावेजहरुको मस्यौदा गर्न पार्टीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २७ सदस्यीय समिति बनाइएको छ ।
माघमा भने राष्ट्रिय सम्मेलन हुने भएको छ । पार्टीको विधानका कतिपय व्यवस्थामा छलफल गर्नुपर्ने भएकाले माघ १४ र १५ मा राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको खतिवडाले बताए ।