नेप्से आज दोहोरो अङ्कले घट्यो

सहयात्रा टिभी

काठमाण्डौ । मंसिसर १९, शेयर बजार आज मङ्गलवार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव १० अङ्कले घटेर १ हजार ८ सय ३७ दशमलव ७१ विन्दुमा झरेको छ । आज बजार घटे पनि कारोबार रकम बढेको छ ।

आज जीवन बीमाबाहेक सबै समूहको शेयर घटेको छ । आज उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, निर्जीवन बीमा, व्यापार र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

हिजो सोमवार १ अर्ब १९ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ४६ लाख ९८ हजार कित्ता शेयर १ अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएको छ ।

 

 

प्रकाशित : 5 December, 2023

प्रतिक्रिया दिनुहोस्