भ्रष्टाचार मुद्दामा कोशीका तत्कालिन यातायात प्रमुखसहित पाँच जना कारागार चलान

काठमाण्डौ । मंसिसर १९, यातायात व्यवस्था कार्यालय (सवारी) कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कारागार चलान भएका छन् ।
राजस्व हिनामिना मुद्दामा विशेष अदालतबाट कैद निर्धारणपछि फरार रहेका तत्कालिन प्रमुख नयराज नेपालसहित पाँच जना मंगलबार कारागार चलान भएका हुन् ।
फैसलापछि फरार भएका तत्कालिन कार्यालय प्रमुख नेपाल, लेखापाल मणिराज दाहाल, कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाललाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी अदालतमा बुझाएको हो ।
मंगलबार पाँचै जनालाई कारागार चलान गरिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।
राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका कर्मचारीहरु विरुद्ध भ्रष्टाचार र राजस्व हिनामिना गरी दुई वटा मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामा विशेष अदालतले ८ चैत २०७९ मा विशेष अदालत काठमाडौँले उनीहरुलाई दोषी ठहर गरेको थियो ।
दुई वटा मुद्दामा प्रतिवादी बनाइएका उपसचिव रमेश प्रसाद दाहाल, विष्णुप्रसाद पौडेल र नयराज नेपाल, होमनाथ भट्टराईसहित ११ जना दोषी ठहर भएका थिए ।