दयाहाङ राईको अर्को चलचित्र ‘आप्पा’ पनि युट्युबमा सार्वजनिक

सहयात्रा टिभी

काठमाडाै | मंसिर २०, अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र ‘आप्पा’ युट्युबमा सार्वजनिक भएको छ ।

अनमोल गुरुङको लेखन एवं निर्देशन रहेको चलचित्र चार वर्षअघि हलमा प्रदर्शनमा आएको थियो । मंगलवार बेलुका युट्युबमा सार्वजनिक यो चलचित्रले बाबु–छोराबीचको सम्बन्धको कथा प्रस्तुत गर्छ ।

चलचित्रमा दयाहाङका साथमा दुई नयाँ कलाकार सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चाको अभिनय छ । तुलसी घिमिरे र अरुणा कार्की समेत चलचित्रमा देखिएका छन् ।

पछिल्लो समय मात्रै दयाहाङका ‘दुई नम्बरी’, ‘फूलबारी’, ‘कबड्डी ४’, ‘के घर के डेरा’, ‘बिहे पास’लगायतका चलचित्र युट्युबमा सार्वजनिक छन् ।

प्रकाशित : 6 December, 2023

प्रतिक्रिया दिनुहोस्