ओमपाल गोल्ड शपका सञ्चालकलाई प्रहरीले पक्राउ
सहयात्रा टिभी
काठमाडौँ । मंसिर २०, प्रहरीले न्यूरोडको सुन पसलमा छापा मारेर अबैध सुनसहित ‘ओमपाल गोल्ड शप’ का सञ्चालकलाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले मंगलबार राति अबैध सुनसहित ‘ओमपाल गोल्ड शप’ का सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । थप अनुसन्घानमा प्रहरीले न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको छ ।
पाण्डेले तस्करीको सुन गालेर गहना बनाएर बेच्ने गरेको सूचना प्रहरीले पाएको थियो । त्यसको आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर सुन बरामद गरेको हो ।
केही सुन ढिक्कामा छन् भने केही गहना समेत प्रहरीले बरामद गरेको बताइएको छ । सुन कहाँबाट ल्याइएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए ।