एनसेल बिक्रीका समग्र कुशासन र लगानी विकर्षणबारे समीक्षा गर्न रास्वपाद्धारा माग

काठमाडौँ । मंसिर २०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ र सांसद स्वर्णिम वाग्लेले एनसेलको सेयर खरिद-बिक्रीले उजागर गरेका समग्र कुशासन र लगानी विकर्षणबारे नीतिगत समीक्षाको माग गर्दै पत्र दर्ता गरेका छन्।
प्रतिनिधि सभाको अर्थ समितिका सभापति सन्तोष चालिसेलाई भेटेर रास्वपा सांसदद्वय श्रेष्ठ र वाग्लेले एनसेल बिक्रीले उजागर गरेका समग्र कुशासन र लगानी विकर्षणबारे नीतिगत समीक्षाका लागि छलफल गर्न बुधबार माग गरेका हुन्।
उनीहरूले याक्जियटाका प्रमुख कार्यकारी, एनसेलका नेपाली मुलका साझेदार, अर्थ मन्त्री, सञ्चार मन्त्री, लगानी बोर्डका प्रमुख कार्यकारी, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षलगायत सरोकारवालालाई छलफलका लागि अर्थ समितिमा बोलाउन पनि सभापति चालिसेसँग आग्रह गरेका छन्।