चीनको बेल्ट एण्ड रोड परियोजनाबाट औपचारिक रूपमा इटाली हटेको पुष्टि
सहयात्रा टिभी
काठमाडौँ । मंसिर २१, चीनको विशाल बेल्ट एण्ड रोड पूर्वाधार पहलबाट इटाली औपचारिक रूपमा पछि हटेको छ ।
इटालियाली पत्रिका ‘कोरिएरे डेला सेरा’का अनुसार लामो समयदेखि अपेक्षित बेल्ट एण्ड रोड पूर्वाधार परियोजनासम्बन्धी निर्णयबारे तीन दिनअघि बेइजिङलाई जानकारी गराइएको थियो ।
इटालियन सरकारी स्रोतले एएफपीसँग भन्यो, ‘रोमले ‘राजनीतिक संवादका च्यानलहरू खुला राख्ने’ तरिकाले यस्तो गरिएको हो भन्ने बाहेक विस्तृत विवरण नदिइकन पछि हटेको पुष्टि गरिएको छ ।
गत वर्ष सत्तामा आउनुअघि प्रधानमन्त्री जर्जिया मेलोनीले अघिल्लो सरकारले सन् २०१९ मा परियोजनामा सामेल हुने निर्णय ‘गम्भीर गल्ती’ भएको बताएका थिए ।
आलोचकहरूले ट्रिलियन डलरको लगानी योजनालाई राजनीतिक प्रभाव किन्ने उद्देश्यले गरिएको शिकारी ‘ट्रोजन हर्स’ को रूपमा उल्लेख गरेका छन् ।